प्रस्तुत विषयको सम्बन्धमा, वीरेन्द्र माध्यमिक विद्यालय, साल्पासिलिछो-१ कुलुङमा ६०औं राष्ट्रिय बालदिवसको अवसरमा साल्पासिलिछो वडा नं. १ र २ स्थित सामुदायिक विद्यालयहरूबीच अन्तर प्राविधिक विद्यालय स्तरको प्रतियोगिता कार्यक्रमहरूको आयोजना गरिने जानकारी सबैलाई दिइन्छ।

कार्यक्रम विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरूसँग भव्य रूपमा आयोजना गरिनेछ। यसमा विद्यार्थीहरूले खेलकुद, सांस्कृतिक प्रस्तुति, चित्रकला, निबन्ध लेखन, नृत्य, संगीत लगायतका विभिन्न प्रतिस्पर्धामा भाग लिनेछन्। कार्यक्रमको उद्देश्य बालबालिकामा रचनात्मकता, टीमवर्क, र नेतृत्व विकास गर्नु मात्र होइन, राष्ट्रिय बालदिवसको महत्त्वलाई र बुझाइलाई पनि उजागर गर्नु हो।

संबन्धित सबै विद्यार्थी, शिक्षक, र अभिभावकहरूलाई यस कार्यक्रमको सफलताका लागि सहभागिता र समर्थनको अनुरोध गरिन्छ।

तपाईं सबैलाई कार्यक्रमको बारेमा जानकारी पुर्याउनुहोस् र सहभागिता जनाउन सादर अनुरोध गरिन्छ।

Recent Post

श्री वीरेन्द्र मा. वि. साल्पासिलीछो गा.पा. १ कक्षा १० का विद्यार्थी भाइबहिनीहरू हिजो मिति २०८०-१०-१२ गतेमा लगिएको शैक्षिक भ्रमणका क्रममा लिएका केही तस्बिरहरु

स्व.नर ब.सेन्चुरिको स्मृतिमा आराम बेन्च प्रदान गर्नु भएको छ उक्त आराम बेन्चलाई हामीले हाम्रो ECD कक्षा आगाडी अभिभावक हरुको आरामको लागि राखेका छौ उक्त आराम बेञ्च प्रदान गर्नु भएकोमा उहाँका छोराछोरी बुहारी लगायत सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद प्रदान गर्दछौ

“महिला दिदीबहिनीहरुको महान चाड हरितालिका तिज २०८१ को अवसरमा श्री जालपादेवी आमा समूह द्वारा आयोजित वडा १ र २ का अन्तर आमासमूहबीचको वक्तृत्व कला प्रतियोगिता साथमा तीज विशेष सांगीतिक कार्यक्रम वीरेन्द्र मा. वि प्रांगण “

६० औँ राष्ट्रिय बालदिवस २०८१ मिति २०८१/०५/२८ गते श्री वीरेन्द्र माध्यमिक विद्यालयको आयोजनामा साल्पासिलिछो वार्ड न १ र २ अन्तर्गतका सम्पूर्ण आ. वि. विद्यालायहरुबिच (१-३) हिसाब दौड र (१-५) बाल नृत्य प्रतियोगिता संचालन गरि भव्यरुपमा मनाईएको छ ।

मिति २०८१/०५/२७ गतेका दिन कक्षा १० भाईबहिनीहरु द्वारा विद्यालय परिससरसफाई भाईबहिनिहरुलाई धेरै धेरै धन्यवाद

Lab Week Class: 10 Sub: Computer Topic: Modular(Qbasic) programming (Fundamental of programming)

मिति २०८१/९/ ६ शनिवारको सदुपयोग गर्दै विषय शिक्षक र कक्षा १० का विद्यार्थी भाइहरु विद्यालयको computer lab मा रहेका computer लाई Numbering गरी Computer हरुलाई repair गर्दै

आफ्नो स्वास्थ्यले साथ नदिएर पुरै शैक्षिक सत्रमा करिब १ डेड महिना मात्र विद्यालय आएर साल्पासिलिछो गाउँपालिका प्रथम गर्न सफल कृष्ण गिरि भाई लगाएत उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी र ग्रेड वृद्दि दिन पाउने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना !!!